सुकुटे पुगे प्रचण्ड

खबरपथ संवाददाता
२९ पुष २०८१, सोमबार १८:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

साेमवारका लागि तय भएकाे पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् ।

सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए ।

भोलि हुन गइरहेको सातौ महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता उद्घाटन गर्ने उनको सचिवालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*