राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश

खबरपथ संवाददाता
२ माघ २०८१, बुधबार १९:२५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

गत पुस २६ गते सरकारले ५ अध्यादेश जारी गर्ने निर्णय गरे अनुसार ४ वटा अध्यादेश जारी भए पनि भुमीसबन्धी अध्यादेश भने जारी भएको थिएन ।

तर, आज नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि सरकारले ५ वटा अध्यादेश सिफारिस गरी पठाएकोमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको जनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*