संसदका दुइ समितिको बैठक बस्दै

खबरपथ संवाददाता
३ माघ २०८१, बिहीबार ०७:५९

काठमाडौं । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । सो बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी छलफल गरिनेछ ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने विश्व जलवायु सम्मेलन (कोप २९)  को समिक्षा र नेपालको आगामी कार्यदिशा वारेमा छलफल गरिनेछ । सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुने समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*