बिश्वमणी सुबेदीलाइ साधारण सदस्य नै नरहने गरी निष्काषित

खबरपथ संवाददाता
४ माघ २०८१, शुक्रबार १५:२८

काठमाडौं । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदीलाइ निष्काषन गरेको छ ।

आज मात्रै नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका सुबेदीलाइ निष्काषन गरिएका बरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले जानकारी दिएका छन्  ।

‘संगठनका अध्यक्ष बिश्वमणी सुबेदीले लामो समयसम्म संगठनको बैठकसमेत नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवार बिरूद्द लागेको, संगठनको रकम आफूखुसी हिनामिना गरेको, संगठनको केन्द्रिय कार्यालय बन्दी गरी संगठनको बिरूद्द निरन्तर गतिबिधि गरिरहेको हुनाले बिधानको धारा ७.१ को (ग) बमोजिक साधारण सदस्यसमते नरहने गरी निष्काषन गरिएको जानकारी गराइन्छ’ छत्कुलीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*