नेकपा एस निकट प्रेस संगठनका अध्यक्ष सहित पदाधिकारी चौतारीमा प्रवेश

खबरपथ संवाददाता
४ माघ २०८१, शुक्रबार १५:३२

काठमाडौं । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदी प्रेस चौतारीमा प्रवेश गरेका छन ।

काठमाडौंमा आयोजित एक समारोहका बिचमा अध्यक्ष सुवेदीलाइ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले स्वागत गरेका थिए । सो कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, सुबेदीको नेतृत्वमा सुवेदीसँगै संगठनका उपाध्यक्ष नरेन्द्र साउँद र अर्का उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, केन्द्रिय सल्लाहकार माधव पाैडेल पनि प्रेस चौतारीमा प्रवेश गरेको जनाइएको छ ।

उता, प्रेस चौतारीमा प्रवेश गर्ने बितिक्कै सुबेदीलाइ निष्काषन गरिएका पुरानो संगठन समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले जानकारी दिएका छन्  ।

‘संगठनका अध्यक्ष बिश्वमणी सुबेदीले लामो समयसम्म संगठनको बैठकसमेत नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवार बिरूद्द लागेको, संगठनको रकम आफूखुसी हिनामिना गरेको, संगठनको केन्द्रिय कार्यालय बन्दी गरी संगठनको बिरूद्द निरन्तर गतिबिधि गरिरहेको हुनाले बिधानको धारा ७.१ को (ग) बमोजिक साधारण सदस्यसमते नरहने गरी निष्काषन गरिएको जानकारी गराइन्छ’ छत्कुलीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*