संघीय संसदका तीन समितिको बैठक बस्दैँ

खबरपथ संवाददाता
६ माघ २०८१, आईतवार १०:१९

काठमाडौं। संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डाले निरन्तरता पाउने भएको छ । सो समितिमा दिउँसो २ः०० बजे देखी तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा माननीय महान्यायाधिवक्तासँग छलफल हुने जनाइएको छ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल भने बिहान ११ः३० बजेबाट सुरू हुनेछ । यो छलफल भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा हुनेछ ।

उता, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको गत आर्थिक बर्षको वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान १०ः३० बजेबाट सुरू हुने समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*