जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री, भइरहेछ संसारभर चर्चा

खबरपथ संवाददाता
९ माघ २०८१, बुधबार ०८:०३

टोकियो । टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ।

वर्षौंदेखि जापानमा लोकप्रियता हासिल गरेको नयाँ वर्षको परम्परामा सुशी चेनले २०७ मिलियनमा सो माछा खरिद गरेको हो । जसको चर्चा अझै बढीरहेको छ । लगभग एक मोटरसाइकलको आकार अर्थात २७६ किलोग्रामको थियो ।

यो लगातार पाँचौं वर्ष हो कि एउटै बोलीदाताले उच्चतम बोली लगाएर यति महंगाेमा टुना माछा खरिद गरेकाे, जुन घटनाले जापान देखी विश्वभरीकाे मिडियाको ध्यान खिचिरहेको छ । ‘पहिलो टुना राम्रो भाग्य ल्याउने प्रतीक हो,’ ओनोडेराका एक अधिकारी शिन्जी नागाओले लिलामी पछि पत्रकारहरूलाई भने, ‘हाम्रो आशा छ कि मानिसहरूले यसको आनन्द लिनेछन् र नयाँ बर्ष भरी मज्जा लिनेछन्,’ नागाओले थपे।

गत वर्ष ओनोडेरा समूहले यस्तै टुनाका लागि ११४ मिलियन येन खर्च गरेको थियो । समाचार अनुसार ओनोडेरा समूहले सो टुनालाई जापानभरका मिशेलिन तारांकित गिन्जा ओनोडेरा रेस्टुरेन्ट र नाडामन रेस्टुरेन्टबाट पकवानको रूपमा बितरण गरिने छ ।

यो कीर्तिमान बोली जापानभर सुशी जान्माई रेष्टुरेन्ट चेन चलाउने  ‘टुना किङ’ भनेर चिनिने कियोशी किमुराले लगाएका हुन । यसअघि उनले २०१९ मा  एक २७८ किलोग्राम ब्लूफिन टुनाका लागि सबैभन्दा उच्च लिलामी मूल्य ११४ मिलियन येनमा खरिद गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*