फुडमाण्डु अब बुटवलमा पनि
बुटवल । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवा सुरु गरेको छ ।
बिहीबार बुटवलको हाेटल द क्राउन इनमा एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य संघका सचिव प्रतिक पोखरेलले एप्समार्फत अर्डर गरि सेवा शुभारम्भ गरे ।
उनले सामान्य युवालाई समेत रोजगार दिनसक्ने अवसरको रुपमा फुडमाण्डुको योगदानबारे चर्चा गर्दै उनले बुटवलमा सेवा शुभारम्भ भएकोमा खुशी प्रकट गरे । आम उपभोक्ताको चाहनालाई समयमा नै पुरा गर्ने र सेवालाई थप प्रभावकारी बनाउन सुझाव दिए ।

कार्यक्रममा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बुटवलमा फुडमाण्डुको सेवा बिस्तार गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले बुटवलबासीलाई गुणस्तरिय सेवाप्रति प्रतिबद्धता सहित आफ्नो उत्कृष्ट फुड डेलिभरि सेवा प्रदान गर्न उत्साहित रहेको बताए । उनले १५ वर्षअघि स्थापनाको अवस्थाबारे जानकारी दिदै सफटवेयर अध्ययनकै क्रममा त्यसलाई ब्यवहारिक रुपमा उतार्दै सामान्य ब्यवसाय शुरुवात भइ अनलाईनमार्फत अर्डर गर्ने सेवाको एप शुरु गरेको उनले बताए ।
उनले भने – विश्वब्यापी रुपमा यो विजनेश बढेको छ । ‘३ सय खरब भन्दा बढिको फुड अर्डर गर्ने विजनेश बनेको छ ।’ नया खालको सोच र आकर्षणको विजनेश गरेर देशभित्र नै धेरै युवाहरुलाई रोजगार दिन सफल भएको उनले बताए । दुई जना लगानीकर्ता र दुई जना सहयोगीबाट शुरु गरेको स्मरण गर्दै उनले हाल ४७५ जनाको टिम काममा रहेको उनले बताए । धेरै उतारचढावका बिच अहिलेको अवस्थामा बलियो बन्न सिकाई भएको उनले बताए । केवल सर्भिस उद्योगमात्र नभई यो अति संवेदशिल खाद्यान्न बस्तुको डेलिभरी भएको हुदा गुणस्तरलाई विशेष ध्यान दिदै आएको उनले बताए । साथै कतिपय विधार्थीहरु, रेष्टुरेन्टहरुलाई समेत थप काम दिन सफल भएको उनले बताए ।

कार्यक्रममा फुडमाण्डुका ब्राण्ड म्यानेजर एलिसा भट्टराईले फुडमाण्डुलाई बुटवलमा पनि ल्याउन पाउदा आफू उत्साहित भएको बताइन । उनले बुटवलबासीहरुले अब आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्दर गर्न सक्नु हुनेछ उनले बताइन ।
उनले फुडमाण्डु काठमाण्डौमा सन २०१० मा स्थापना भएको हो । सन २०११ पोखरा र २०१३ मा चितवनमा हुदै अहिले बुटवलमा औपचारिक रुपमा सेवा दिन पाउदा संस्थासंग जोडिएका उपभोक्ता, रेष्टुरेन्ट र सरोकारवालाको सहयोग र मायाबाट अहिलेको वृहत बन्न सफल भएको बताईन ।
फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरुसङ साझेदारी गरिसकेको छ । यी रेस्टुरेन्टहरु मार्फत बुटवल ,तिलोतमा, कोटिहवा ,फुलबारी ,पिपेेया , सैनामैना र वरपरका क्षेत्रमा सहज सेवा लिन सक्नेछन् ।
बुटवल लन्चको खुसियालीमा फुडमाण्डुले HiButwal प्रोमो काेड सार्वजनिक गरेको छ् । उक्त प्रोमोकाेड मार्फत बुटवलका ग्राहकहरुले फुडमाण्डु एप प्रयोग गरि प्रतेक अर्दरमा माघ महिना सम्मका लागि अफर स्वरुप अधिकतम ३०० सम्म २० प्रतिसत छुट प्राप्त गर्न सक्नेछन् ।





















