सुन–चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य

खबरपथ संवाददाता
१३ माघ २०८१, आईतवार ११:३८

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ८० रुपैयाँ कायम रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*