समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू

खबरपथ संवाददाता
१५ माघ २०८१, मंगलवार १४:३५

काठमाडौं । समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम सुरू भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्य्रकम सुरू भएको हो।

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शिर्षकमा सो कार्यक्रम राखिएको हो ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन ।

भोलीका लागि तय गरिएको कार्यक्रम एक दिन अगाडी सारेर आज राखिएको हो । गत माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*