संबिधान संसोधनका लागि आन्तरिक कार्यदल बनाइएको छ : प्रधानमन्त्री

खबरपथ संवाददाता
१८ माघ २०८१, शुक्रबार १४:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका बारेमा पनि धारणा राखेका छन ।

आज देखी सुरू भएको हिउँदे अधिवेसनलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आबाश्यक्ताका आधारमा संबिधान संसोधन हुने बताएका छन् ।

‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ, यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ’ उनले संसद बैठकमा भने, ‘त्यससँगै सरकार पक्षीय दलहरुसँगको छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ ।’

उनका अनुसार पहिचान गरिएका विषयहरुमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरु र सरोकारवालाहरुसँग छलफल गरिनेछ । ‘हामी स्पष्ट छौं, पार्टीहरुका आ–आफ्नै धारणा र पोजिसन हुन सक्छन् । मिलेका कुरामा साझा धारणा वनाइने छ, नमिलेका कुरामा वहस र छलफल गरिनेछ । संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस/छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा वनाउँछ । र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ ।’

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*