अर्थमन्त्री पौडेल आजै डिस्चार्ज हुने

खबरपथ संवाददाता
५ फाल्गुन २०८१, सोमबार १२:३३

काठमाडौं । उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज हुने भएका छन् ।

जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ ।

पोखरा भ्रमण बर्ष उदघाटनको दिन आगोले बेलुन पडकिए पछि अर्थमन्त्रीसहित पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य गम्भिर घाइते भएका थिए, स्थानिय गण्डकी अस्पतालमा उपचार पछि किर्तिपुरस्थित अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो ।

मेयर आचार्यलाई भने केही दिन अझै अस्पतालमा राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएको अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*