अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमार बिजयी

खबरपथ संवाददाता
५ फाल्गुन २०८१, सोमबार १६:५२

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले उदघाटन खेलमा बिजयी भएको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेर बिजयी सुरूवात गरेको हो ।

म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।  पहिलो जितसँगै ४ देशसम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*