सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्दै नेपाल विद्युत प्राधिकरण

खबरपथ संवाददाता
६ फाल्गुन २०८१, मंगलवार १२:२५

काठमाडौं । नेपाल विद्युत प्रधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्ने तयारी गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सात खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधरणका लागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा घिसिङले यसबारे जानकारी गराएका हुन् । सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको उनको भनाइ छ । लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी सेयर खोल्नुपर्ने घिसिङले बताए।

विद्युत प्राधिकरणले १२ हजार मेगावाटको विद्युत खरिद विक्री सम्झौता (पिपिए) गरेको उनले जानकारी दिए । हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भएपनि हिउँदमा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ। २८ हजार ५०० मेगावाट विद्युत पु¥याउन विद्युत प्राधिकरणले अझे पिपिए खोल्ने पक्षमा रहेको उनले बताए।

‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिपिए गरी निर्माण नगर्ने तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’ प्राधिकरणसंग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*