चन्द्र भण्डारीको टिप्पणी – नेपाली अनागरिक बन्दैछन !

खबरपथ संवाददाता
१० फाल्गुन २०८१, शनिबार ११:१२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् ।

उनले भनेका छन्-  

नेपाली अनागरिक बन्दैछन ! जुनसुकै कारणले होस – पैसा कमाउने लोभले होस ! देश छाड्ने होडवाजीले होस !!! मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस ! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !! नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ !

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*