यस्तो छ म्यान्मारविरुद्ध खेल्ने नेपाली लाइन अप

खबरपथ संवाददाता
११ फाल्गुन २०८१, आईतवार १८:४८

काठमाडौ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको म्यान्मारविरुद्ध आज हुने खेलको नेपाली लाइन अप सार्बजनिक गरिएको छ ।

आजको खेलमा सावित्रा भण्डारी साम्बा, सबिता राना मगर र रेश्मी घिसिङले फरवार्डको जिम्मेवारी सम्हाल्ने छन् ।

म्यान्मारविरुद्धको नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन् ।

अघिल्लो खेल खेलेका रेखा पौडेल र विमला चौधरीलाई आज बाहिर राखिएको छ ।

फाइनलमा पुगिसकेका नेपाल र म्यान्मारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*