नेपाल र म्यान्मार पहिलो हाफमा २-२ गोलको बराबरीमा

खबरपथ संवाददाता
११ फाल्गुन २०८१, आईतवार १८:५२

काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको जारी खेलमा पहिलो हाफमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् ।

म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।

नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो  ।

फाइनलमा पुगिसकेका नेपाल र म्यान्मारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*