ब्ल्याक बुल्सलाई हराउदै एपीएफ केपी ओली कपको क्वाटरफाइनलमा

खबरपथ संवाददाता
११ फाल्गुन २०८१, आईतवार १९:०२

काठमाडौं । एपीएफले केपी ओली कप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

आइतबार सम्पन्न उद्घाटन खेलमा टाई ब्रेकरमा एपीएफले  उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा पुगेको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बनेपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो ।

एपीएफको जितमा गोल किपर एन्जल श्रेष्ठ हिरो बनेका थिए । उनले दुई पेनाल्टी रोकेर आहा रारा गोल्डकप जितेको ब्ल्याक बुल्सलाई प्रतियोगिताबाटै बाहिरको बाटो देखाइदिएका थिए । अब एपीएफले क्वाटरफाइनलमा संकट क्लबसँग खेल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*