पुलिसलाई हराउदै त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा

खबरपथ संवाददाता
१२ फाल्गुन २०८१, सोमबार १५:३६

काठमाडौं । त्रिभुवन आर्मी काठमाडौँमा जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार एन्फा कम्पलेक्समा सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे ।

नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै आर्मीलाई शुरुअती अग्रता दिलाएको थिए भने खेलको ८०औं मिनेटमा नवयुगको असिष्टमा दिनेश हेन्जनले गोल गरेका थिए ।

आर्मीले अब सेमिफाइनलमा मंगलबार हुने संकटा र एपिएफको विजेतासँग खेल्नेछ । आज अपराहन्न ३ बजेदेखि हुने दोस्रो क्वाटरफाइनलमा आयोजक केपी एफसी र एनआरटीबीच खेल हुने तालिका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*