एपीएफलाई टाई ब्रेकरमा हराउदै संकटा केपी ओली कपको सेमिफाइनलमा

खबरपथ संवाददाता
१३ फाल्गुन २०८१, मंगलवार १४:१४

काठमाडौँ । संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले संकटा विजयी भएको थियो ।

अब सेमिफाइनलमा संकटाले त्रिभुवन आर्मीक्लबसँग खेल्ने छ । सेमिफाइनल खेल फागुन १६ गते दशरथ रंगशालामा हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*