नेपाल बारको निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन हुने

खबरपथ संवाददाता
२२ फाल्गुन २०८१, बिहीबार १४:३४

काठमाडौं । नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन हुने भएको छ ।

अध्यक्षमा नेपाली कांग्रेस निकट डीएलएका विजय प्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने सहमति सहित एमाले र कांग्रेसले गठबन्ध गर्ने भएका हुन् । मिश्र नेपाल बारका पूर्वमहासचिव हुन् भने कोइराला कोशीका पूर्व मुख्य न्यायाधीवक्ता हुन् ।

नेपाल बारको नयाँ पदाधिकारी चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । निर्वाचनमार्फत २५ सदस्यी कार्यसमिति चयन हुनेछ । नेपाल बारको नयाँ कार्यसमितिको निर्वचनका लागि आज बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता हुदैछ ।

२५ सदस्यीय कार्यसमितिमा कांग्रेसले अध्यक्षसहित १२ र एमालेले महासचिवसहित १३ पद लिने सहमति भएको छ । दुवै दलसमर्थित कानुन व्यवसायीहरु अहिले अन्य उम्मेदवारको टुंगो लगाउन व्यस्त रहेका छन् ।

नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्, सर्वोच्च अदालत बार एशोसिएशनको पदाधिकारी चयनका लागि हालसालै सम्पन्न भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको संगठन गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन), एमालेनिकट कानुन व्यसायीहरुको संगठन पीपीएल र अन्य संगठनबीच तालमेल भएको थियो । नेपाल बारको निर्वाचनमा सोही गठनबन्धन व्युँतिने बताईएपनि माओवादी निकट कानुन व्क्य्वासायीले अध्यक्ष नदिएपछि एमालेले कांग्रेससँग गठबन्धन गरेको बताइएको छ ।

माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको संगठन आरपीएलएएनले भने वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व महासचिव र पूर्व महान्यायाधिवक्ता समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*