गणतन्त्रको विकल्प अरु हुन सक्दैन – डा.सिके राउत

खबरपथ संवाददाता
२७ फाल्गुन २०८१, मंगलवार १२:३९

महोत्तरी । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने वताएका छन ।

सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएतापनी ठुला दलहरु भने आफुलाई सुधार गर्न तयार हुनुपर्ने उन्ले जिकिर गरे । `हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रिय समितीवाट पनि निर्णय गरेको छ ।´ अध्यक्ष डा. राउतले भने । `जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ तर समाजवादी गणतन्त्र भने हैन ।´

महोत्तरीको बर्दिवासमा तीन दिनदेखी जारी केन्द्रिय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दावी गरे । शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको वताउदै उन्ले गणतन्त्र रक्षाको लागि ठुला दलहरु नै सुध्रनुपर्ने धारणा राखे ।

अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रर्दशनलाई लिएर भने फरक मत राखेका छन । प्रर्दशन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिदै उन्ले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवस्यक भएको दोर्‍याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*