साफ यू–१९ च्याम्पियनसिपमा नेपाल भारत एकै समुहमा

खबरपथ संवाददाता
२८ फाल्गुन २०८१, बुधबार ०७:४८

काठमाडौं। साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा सार्बजनिक गरिएको ड्र अनुसार समूह बीमा नेपाल र भारत एकै समूहमा परेका छन्। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा माल्दिभ्ससँगै भुटान र बंगलादेश रहेका छन् भने समूह बी मा आयोजनक भारतसँगै नेपाल र श्रीलंका परेका छन् ।

साफ यू–१९ च्याम्पियनसिप फुटबल भारतको अरुणान्नचल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*