संसदका तीन समितिको बैठक बस्दैँ

खबरपथ संवाददाता
२७ चैत्र २०८१, बिहीबार ०८:०९

काठमाडौं, २८ चैत । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।

संसद सचिवालय, सिहदरवार परिसरमा तीनैवटै समितिको बैठक बस्न लागेको हो ।

जस अनुसार  पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल जारी रहने भएको छ ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने  चालु आर्थिक बर्ष ०८१।०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२।०८३ को बजेटको तयारी सम्बन्धमा  छलफल हुनेछ । जुन बैठक बिहान १०ः०० बजेवाट सुरू हुने जनाइएकाे छ।

विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजे बाेलाइएकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*