नियमितको रक्तदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम
बुटवल । रक्तदानको लागी सबै अगाडी बढोै भन्ने मुलनारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आकसमिक रक्तदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तसञ्चार केन्द्र बुटवलमा बिहिवार भएको रक्तदान कार्यक्रमका प्रमुख अथिती नियमित रक्तदाता संघका केन्द्रीय सल्लाहकार दामोदर घिमिरेले रगतको अभाव हुन नदिन नियमित रक्तदाता संघ जस्ता भोलेनटयरिल सस्थाहरुले निरन्तर काम गरिरहेको बताउदै उहाँले अन्तर्राष्ट्रिय रूपमा रहेको रेडक्रसलाई थप क्रियासिल बनाउनु पर्ने र जनसमुदायहरुमा रक्तदानको लागि अभिप्रेरित गर्नुपर्ने बताउनु भयो ।
उहाँले रगतको लागि सधै सट्टा भर्नाले मात्रै गरेर नहुने बताउनु भयो । उहाँले रक्तदानको लागी नागरिक स्तरमा सचेतना जगाउन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अथिती संघका केन्द्रीय महासचीव दिपक अधिकारीले संघले रक्तदानका साथै नागरिकको स्वास्थ सुबिधाका लागि पालिका स्तरीय निसुल्क स्वास्थ सिबिर कार्यक्रम पनि सम्पन्न गरेको बताउनुभयो । उहाँले संघले टाेल टाेलमा रक्तदान एक घर एक रक्तदाता भन्ने नारा अनुसार अघि बढेकाे बताउनभयाे ।

कार्यक्रमका विशिष्ट अथिती संघका सल्लाहकार मेलानका केन्द्रीय उपाध्यक्ष रमेश पान्देले नयाँ बर्षको सुभकामना दिदै संघले गर्ने हरेक कार्यक्रममा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका विशिष्ट अथिती नेपाल दुर्लभ रक्तदाता संघका प्रदेश अध्यक्ष किसोर पङेनीले नेपाल नियमित रक्तदाता संघका सस्थापक स्व सरोज सिल्वाल बन्दिले सुरु गर्नु भएको यश रक्तदान महादान कार्यक्रमलाई निरन्तरता दिनुभएकोमा खुशी प्रकट गर्नु हुदै आफुले पनि संघको कार्यमा पुर्ण सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालले हाल रगतकाे अभाव भएकाले संघले नियमित रक्तदान कार्यक्रम गरिरहेको बताउनुभयाे । उहाँले हरेकले तीन तीन महिनामा रक्तदान गर्नका लागी आव्हान पनि गर्नुभयो । हरेकले आफ्नो जन्मदिनमा वा जुन कुनै औपचारिक कार्यक्रम गर्दा रक्तदान गरि मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमका अथिती QRVT का अध्यक्ष माधब बस्नेतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।
तेसै गरि कार्यक्रममा नियमित रक्तदाता संघ रुपन्देहीका प्रेस सल्लाहकार राजेन्द्र रायमाझी , संघका उपाध्यक्ष भाष्कर साही , केन्द्रीय सल्लाहकार लेखनाथ नेउपाने , आले डेन्तलका दिपेन्द्र राना ,आजिवन सद्स्य प्रदीप सेजबाल लगायत संघका जिल्ला तथा केन्द्रीय पधादिकारीहरु , बिज्ञापनदाताहरू तथा रक्तदाताहरुको उपस्थिति रहेको थियो ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष भाष्कर शाहीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिव इस्वरी मरासिनीले गर्नु भएको थियोे ।
कार्यक्रममा नंया बर्ष २०८२ को क्यालेन्डर बिमोचन गरिएको थियो ।
























