हिन्दु लक्षित कश्मिर हमलाको कांग्रेस प्रवक्ताद्वारा निन्दा

खबरपथ संवाददाता
१४ बैशाख २०८२, आईतवार २१:२३

दाङ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतङ्ककारी हमलाको निन्दा गरेका छन्।

पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन्।

उनले भने  ‘भारतको कस्मिरमा हिन्दुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतङ्ककारी हमला भयो, यो जघन्य अपराध हो । यो आतङ्कमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ । यो आतङ्ककारी हमलामा हाम्रो नेपाली नागरिक समेत मारिएका छन्। उनीलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु ।’

उनले अगाडी भने,  ‘यो घटनामा हामी भारत र भारतीय जनताको साथमा छौं, यस्ता खाले आतङ्कवादका विरुद्ध सारा विश्व एक हुनुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*