नियमित रक्तदाता संघको २० औ केन्द्रीय साधारण सभा सम्पन्न

खबरपथ संवाददाता
१५ बैशाख २०८२, सोमबार २१:४६

बुटवल । रक्तदानको लागी सबै अगाडी बढोै भन्ने मुलनारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघको २०औ केन्द्रीय साधारण सभा सम्पन्न भएको छ ।

 

 

 

 

बुटवलको दीप बोर्डिङ स्कुलको सभाहलमा सनिवार सम्पन्न साधारण सभाकाे उद्घघाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अथिती बटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देबि अर्यालले बुटवललाई रगतको हब बनाउनु पर्ने धारणा राख्नुभयो। उहाँले भन्नु भयो – बुटवल जसरी शिक्षा र स्वास्थको हुब बनेको छ तेसैगरी रगतको पनि ह्ब बनाउने पर्ने  बताउनु भयो । उहाँले रगतको अभावले मृत्युको मुखमा पुगेका बिरामीहरुलाई रक्तदान गरि जिवनदान दिने जस्तो अति नै महत्त्वपूर्ण र पबित्र कार्य गरेकोमा नियमित रक्तदाता संघको मुक्तकन्थले प्रसन्सा गर्नुभयो ।
उपप्रमुख अर्यालले बुटवल उपमहानगरले रक्तदान सम्बन्धि कार्यक्रमका लागी बजेटमै सम्बोधन गरिएको जानकारी गराउनु भयो । उहाँले आफू जहिले पनि बुटवलका जनताको सुझावलाई आत्मसात गरि अगाडी बद्ने गरेको हुँदा निर्द्क्का साथ सुझाव सल्लाह राखन आग्रह गर्नुभयो ।

तेसै गरि कार्यक्रमका विशिष्ट अथिती प्यप्सनका केन्द्रिय उपाध्यक्ष टीकाराम नेउपानेले रक्तदान जस्तो अति नै पुन्यकार्यका लागि आफ्नो सधै सहयोग रहने बताउनु भयो । उहाँले प्यप्सनमा आबद्ध देशभरिका स्कुलसङ समन्वय गरि रक्तदानको लागि अगाडी बढाउने बताउनु भयो ।

तेसै गरि नेपाल नियमित रक्तदाता संघका केन्द्रिय सल्लाहकार दामोदर घिमिरेले रक्तदानको लागि पर्ने आवस्यक आर्थिक सहयोगको लगानी स्थानीय सरकारहरुले नितिगत रूपमा बार्सिक कार्यक्रममा समाबेश गर्न आग्रह गर्नुभयो । उहाँले हाल रगतको अभाव देखिएकोले सबै सङसस्था ,स्कुल कलेज तथा आर्मी पुलिस सङ समन्वय गरि रक्तदानको लागि पहल गर्नुपर्ने बताउनु भयो ।

तेसैगरी कार्यक्रममा स्वयसेवि रक्तदाता सङका अध्यक्ष कृष्ण चौहानले नियमित रक्तदाता संघमा आफुले पाहिलो पटक रक्तदान गरेको र नियमित सित आफ्नो पुरानो सम्बन्ध रहेको बताउनुभयो । उहाँले निसुल्क रूपमा गरिएको रकतदानको रेडक्रस सङ हिसाब खोज्ने बेला आएको बताउनु भयो । उहाँले नियमीत र स्वयसेबि मिलेर अगाडी बढनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया सिलबालले स्वागत मन्तव्य राख्नुहुदै संघले गरेका कार्य र भाबी योजनाका बारेमा जानकारी गराउनु भएको थियोे ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष अर्जुन ज्ञवाली ,औषधि ब्यवसाय संघका कृष्ण पोख्रेल, रुपन्देही ब्यापार संघका काेषाधयक्ष मणि खनाल,सल्लाहकार चिरन बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा रुपन्देही जिल्ला शाखाका अध्यक्ष अषेश सिलबाल , जिल्ला उपाध्यक्ष भास्कर शाहि लगायत केन्द्रिय तथा जिल्ला शाखाका सल्लाहकारहरु , आजिवन सदस्यहरु ,रक्तदाताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रुपन्देही जिल्ला शाखाकाे २३ औ नियमीत रक्तदान सम्पन्न भएको रुपन्देही शाखाका अध्यक्ष अषेश सिलबालले जानकारि दिनु भयो ।

कार्यक्रममा नया बर्ष २०८२ को भिते पात्रो लाेकार्पण गरिएको थियो ।

नियमीत रक्तदान संघका केन्द्रिय अध्यक्ष दया सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष लेखनाथ भण्डारिले स्वागत मन्तव्य राख्नुभएको थियोे भने संघका महासचिवले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*