संघीय संसदका दुइ समितिको बैठक बस्दैँ

खबरपथ संवाददाता
१७ बैशाख २०८२, बुधबार ०७:१३

काठमाडौं । संघीय संसदको २ समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो ।

जस अनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ८ः०० बजे बस्नेछ । जुन बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ बुदाँमाथी छलफल गरिने भएको छ।

उता, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा भने पुरानै अजेन्डा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ. व. २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*