विश्व रक्तदान दिवसको अवसरमा नियमितकाे रक्तदान
बुटबल । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सनिवार बुटवल सुख्खानगरमा रहेको चिया चौतारीमा आयोजित रक्तदान कार्यक्रममा संघका जिल्ला अध्यक्ष अशेष सिलवालले विश्व रक्तदान दिवसको सुभकामना दिनुहुदै सबैले प्रतेक ३/३ महिनामा अनिवार्य रक्तदान गर्न आग्रह गर्नु भयो ।
अध्यक्ष सिलवालले रुपन्देही लगायत देशभरी रगतको अभाव रहेको बताउनुभयो । उहाँले रुपन्देही जिल्लामा बर्षभरि ३६ हजार युनिट रगत खपत हुने र दैनिक १०० युनिट देखी १३० युनिट सम्मको आवस्यकता रहेको बताउनु भयो ।
नियमीत रक्तदाता संघका केन्द्रिय अध्यक्ष दया बहादुर सिल्वालको प्रमुख आतिथ्यता , संघका जिल्ला अध्यक्ष अषेस सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिया चिया चौतारीका सन्चालक पवन बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तेसै गरि चिया चौतारीद्वारा रक्तदाताहरु िबच बाट पाँच जनालाई पाँच सय बराबरको क्यास भौचर प्रदान गरियेको थियो ।
कार्यक्रममा नियमितका उपाध्यक्ष भास्कर शाही ,केन्द्रिय सल्लाहकार दामोदर घिमिरे केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारी प्रेस सल्लाहकार राजेन्द्र जङ रायमाझी ,कोसाध्यछ रोसन अर्याल ,सदस्य प्रदिप सेजवाल ,दिपक अधिकारी , चिया चौतारीका पवन बस्याल लगायत लियोक्लब बुटवल सिद्धबाबाकापदाधिकारीहरु ,बिग एअजुकेसनका पदाधिकारीहरु, रक्तदाताहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको आयोजना नियमीत रक्तदाता सङ रुपन्देही साखा , चिया चौतारी , लियो क्लब आफ बुटवल र बिज एजुकेसनको समयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

उक्त दिन नेपाल रेडक्र्स सोसाइटीले एक कार्यक्रमका बिच नेपाल नियमीत रक्तदाता संघ का सस्थापक अध्यक्ष स्व सरोज सिलवाल बन्दि र उहाँको छोरा नेपाल नियमित रक्तदाता संघ रुपन्देही जिल्लाका अध्यक्ष अषेस सिलवाललाई २५औ पटक को रजत पदबाट सम्मान गरेको थियो । तेसैगरी संघका संरक्षक मृगेन्द्र कुमार शेरचनलाई पनि समान गरिएको थियोे ।


























