काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेवाट खुल्ने

खबरपथ संवाददाता
२० श्रावण २०८२, सोमबार १३:५८

काठमाडौं । दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेवाट खुल्ने भएको छ ।

दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो। उसका अनुसार साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यस अन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*