बढ्दो महँगी र मल संकट समाधानका लागि किसान महासंघले सरकारको ध्यानाकर्षण गराउने

खबरपथ संवाददाता
१५ बैशाख २०८३, मंगलवार १९:५८

काठमाण्डौ । नेपाल किसान महासंघले रासायनिक मलको अभाव र चुलिँदो महँगीका कारण किसान गम्भीर समस्यामा परेको भन्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलवार सानेपामा बसेको महासंघको केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताउनुभएको हो । उहाँले खेतीपातीको मुख्य समयमा समेत किसानले सहज रूपमा मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो । किसानका समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराउन देशव्यापी रूपमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको उहाँको भनाइ छ । उनका अनुसार नेपालका ७७ वटै जिल्लाका अध्यक्ष, सातै प्रदेशका अध्यक्ष र केन्द्रिय समिति एकसाथ परिचालित भएर आ–आफ्नो क्षेत्रमा एउटै दिन र एउटै समयमा सरकारलाई ज्ञापनपत्र बुझाउने तयारीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*