काठमाडौंको गैरीधारामा सुकुम्वासी बस्ती हटाइयो

खबरपथ संवाददाता
१२ बैशाख २०८३, शनिबार १९:५९

काठमाडौं । काठमाडौंको गैरीधारा क्षेत्रमा बसोवास गर्दै आएका सुकुम्वासीहरूको बस्ती आज सरकारले हटाएको छ । बिहानैदेखि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा शुरु भएको यो कारबाहीसँगै दशकौंदेखि बस्दै आएका परिवारहरू विस्थापित भएका छन् । सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन यो अभियान चलाइएको हो । हाल बस्ती खाली गराइएको छ भने त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्तीमा डोजर लगाएर भत्काउने क्रम जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*