होटलमा बिर्सिएको १ लाख ६ हजारसहितको झोला फिर्ता

खबरपथ संवाददाता
२१ श्रावण २०८२, मंगलवार २३:३३

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयन मा खाना खाने क्रममा झोला बिर्सिएर गएको एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्।

जनकपुर निवासी बलराम साहुजी आइतवार उक्त होटलमा खाना खाएर निस्कँदा आफ्नो हैण्डब्याग त्यहीं छोडेका थिए। ब्यागमा १लाख ६ हजार नगदसहित महत्वपूर्ण कागजातहरू रहेका थिए।

होटल सञ्चालक सुरेन्द्र साहका अनुसार झोला फेला परेको जानकारी पछि साहुजीलाई सम्पर्क गरेर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीको रोहवरमा झोला जिम्मा लगाइएको हो।

चन्द्रपुर ईलाका प्रहरी कार्यालयको निगरानीमा झोला बुझाइएकाले घटना पारदर्शी र सुरक्षित तरिकाले टुंगिएको छ। प्रहरीका अनुसार झोलाभित्र भएका सबै सामग्रीहरू फिर्ता गरिएको हो।

सामान्यतया सार्वजनिक स्थलहरूमा मूल्यवान सामान हराउँदा फिर्ता नपाइने घटना प्रायः देखिन्छ। तर, यस घटनामा होटल सञ्चालक सुरेन्द्र साहले देखाएको ईमानदारी र जिम्मेवारीपनले समाजमा नैतिकता र विश्वसनीयताको उदाहरण प्रस्तुत गरेको छ।

यस प्रकारका घटनाहरूले समाजमा सकारात्मक सन्देश दिनुका साथै नागरिक स्तरमा भरोसा र नैतिकता कायम राख्न सहयोग पुर्‍याउँछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*