प्रधानमन्त्री ओलीले आज संसदमा बिशेष सम्बोधन गर्ने

खबरपथ संवाददाता
१३ भाद्र २०८२, शुक्रबार ०७:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा बिशेष सम्बोधन गर्दैछन् ।

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली भोली शनिबार चीन भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन । ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*