‘निर्वाचनको विकल्प खोज्न हुदैन’ : अर्थमन्त्री रामेश्वर खनाल

खबरपथ संवाददाता
४ पुष २०८२, शुक्रबार १२:०२

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा तोकिएको मितिमा निर्वाचनको विकल्प खोज्न नहुने बताउनु भएको छ ।बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खनालले निर्वाचनको विकल्प खोजिए अर्को राजनीतिक अस्थिरता निम्तिने र मुलुक फेरि अनिश्चयको बाटोमा धकेलिने बताउनुभयो ।

अर्थमन्त्री खनालले राजनीतिक स्थिरता विना आर्थिक सूचक राम्रा हुन नसक्ने बताउनुभयो ।अन्तरिम सरकारले करका दर हेरफेर गर्ने गरी नीति र कानुन परिवतर्न गर्न नसक्ने अर्थमन्त्री खनालले स्पष्ट पार्नुभयो । ।जेनजी आन्दोलनको केही समयसम्म मुलुकको अर्थतन्त्रबारे अन्योलता उत्पन्न भएपनि विस्तारै अर्थतन्त्र लयमा आउन थालेको बताउनुभयो ।

रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा प्रदर्शनी शुरु भएको हो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ शुरु भएको मेला १७ गतेसम्म चल्नेछ ।

बुटवल संभावनाको शहर  भएको भन्दै बुटवल उृपमहानगर प्रमुख खेलराज पाण्डेले केन्द्र सरकारले स्थानीय सरकारलाइ पूर्ण अधिकार नदिदा समस्या भइरहेको बताउनुभयो ।  प्रदर्शनीले स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान गर्ने अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताउनुभयो ।

स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउन प्रदर्शनी फलदायी हुने उहाको भनाइ छ ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टलहरू रहनेछन्। प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।उद्घाटन समारोहमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् ।

सो अबसरमा प्रदेशका मन्त्री सन्तोष पाण्डे,पूर्व मन्त्री भोपप्रसाद श्रेष्ठ,परिसंघका अध्यक्ष बिरेन्द्र पाण्डे, उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलम,पत्रकार महासंघका रुपन्देही अध्यक्ष दिनेश पाण्डे,संघका वरिष्ठ उपाध्यक्ष जिबकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, महासचिव सुमन बस्याललगायतले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*