रास्वपाका सभापति रवि लामिछाने धरौटीमा रिहा हुँदै
खबरपथ संवाददाता
४ पुष २०८२, शुक्रबार १२:१५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुने भएका छन्।
उच्च अदालतल तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न बिहीबार आदेश दिएको थियो।
जिल्ला अदालत रूपन्देहीबाट छुट पुर्जी लिएपछि मात्रै लामिछाने थुनामुक्त हुनेछन्।
उनले धरौटी बापतको १ करोड रूपैयाँ बुझाउनुपर्नेछ।






















