आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशैभरका शिवालयमा भक्तजनको घुईंचो
खबरपथ संवाददाता
३ फाल्गुन २०८२, आईतवार १३:३८
काठमाण्डौ । आज महाशिवरात्रि, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुईंचो लागेको छ । काठमाण्डौको पशुपतिनाथमा देशका विभिन्न ठाउँ र भारतबाट समेत दर्शनार्थी आएका छन् । पशुपतिनाथमा विशेष व्यवस्था मिलाइएको छ । साधुसन्तको पनि चहलपहल छ । देशका अरू ठाउँका शिवालयहरुमा पनि उस्तै घुईंचो छ ।





















