निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
खबरपथ संवाददाता
५ फाल्गुन २०८२, मंगलवार १४:३५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गर्नुभएको छ । मंगलवार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औं मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिनुहुँदै उहाँले निर्वाचन सफल बनाउन आह्वान गर्नुभएको हो । उहाँले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गर्नुभयो । @ साभार न्युज एजेन्सी नेपाल





















