पहिलो पटक ‘हरित निर्वाचन’ को अवधारणाः डिजिटल माध्यमबाट प्रचारप्रसार

खबरपथ संवाददाता
१७ फाल्गुन २०८२, आईतवार १०:४१

काठमाडौं । निर्वाचन आयोगले पर्यावरण संरक्षणका लागि यसपटक ‘हरित निर्वाचन’ को नीति अवलम्वन गरेको छ । जैविक रुपले नष्ट नहुने वा वातावरणमा हानी पुर्याउने कागज, प्लाष्टिक, इन्धन जस्ता सामाग्रीको न्युनतम प्रयोग गर्दे दिगो, प्रदुषणमुक्त रुपमा सम्पन्न गरिने निर्वाचनलाई ‘हरित निर्वाचन’ भन्ने गरिन्छ । निर्वाचन प्रचारका लागि प्रयोग हुने सामाग्रीहरु वातावरणमैत्री हुनुपर्छ भन्ने अवधारणा यसले बोकेको हुन्छ । सोही अनुसार आयोगले कागजको प्रयोग कम गरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न दलहरूलाई निर्देशन दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*