मुलुकभर मतदान शुरु

खबरपथ संवाददाता
२१ फाल्गुन २०८२, बिहीबार ०७:१९

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तगर्त मुलुकभर मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा अपराह्न ५ बजेसम्म भोट खसाल्न पाइनेछ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*