राष्ट्रपतिबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त
खबरपथ संवाददाता
१३ चैत्र २०८२, शुक्रबार १०:३६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।






















