कांग्रेसबाट दाङको घोराही वडा नम्बर १६ मा डाँगीलाई उम्मेदवार बनाउने निर्णय
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ को पदाधिकारीको आइतबार घोराहीमा सम्पन्न बैठकले वडा नं. १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशिल सदस्य तथा तरुण दलका अध्यक्ष समेत रहेका डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
अध्यक्ष पदको निर्वाचनका लागि नेपाली कांग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ८ को ३१ उल्लेख भए बमोजिम घोराही–१६ को अध्यक्ष पदमा तरुण दलका वडाअध्यक्ष डाँगीलाई उम्मेदवार बनाउने निर्णय भएको बैठकपछि नेपाली कांग्रेस क्षेत्र नं.२ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रीकुमार खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।






















