सयपत्री गोल्डकप : भैरव विजयी हुदै अन्तिम चारमा

खबरपथ संवाददाता
२६ कार्तिक २०७६, मंगलवार १९:०५

बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ मा सिद्धार्थ युवा क्लब बासगढी विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । भैरव देशभक्त नवलपरासीले सिद्धार्थ युवा क्लब बासगढीलाई ३–२ गोलले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।

भैरवले सुनौलो संगम युवा क्लबसंग सेमीफाईनल खेल्ने छ । रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । खेलको ३९ औ मिनेटमा भैरवका अनुप गुरुङले गोल गर्दै खेलमा अग्रता लिए ।

खेलको ४८ औ मिनेटमा राम बहादुर थापा भैरवका लागि अर्को गोल थपे । अनुपले खेलको ५० औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । सिद्धार्थका धनिराम चौधरीले खेलको ५८ औ र रोमियोले ५९ औ मिनेटमा गोल गरेका थिए । खेलमा अनुप गुरुङ म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

बुधबार पहिलो सेमीफाईनल खेलमा फर्साटिकर युवा क्लब फर्साटिकरले आयोजक सयपत्री युवा क्लबसंग सामना गर्ने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैया, उपविजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयासहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष कमल रानाले बताए । प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्ति खेलाडी, अग्रपंक्ति खेलाडीहरुलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिने उनले बताए । हरेक प्रतियोगितामा एक जना म्यान अफ दी म्याचलाई नगद २ हजार, कपबाट पुरस्कृत समेत गरिने छ ।

कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*