१३ औ साग : पुरुष फुटबलमा नेपाल चौथो पटक साग च्याम्पियन

खबरपथ संवाददाता
२४ मंसिर २०७६, मंगलवार १९:३१

काठमाडौँ । पुरुष फुटबलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । भूकम्पपछि पुनर्निर्माण गरिएको दशरथ रंगशालामा नेपालले मंगलबार नतिजा पक्षमा ल्याउन सफल भएको हो ।

नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १ र १ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यस पछि भुटानका कप्तान चेन्चो ग्यालसेनले ३६ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३ औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो ।

जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*