प्रथम गैडहवा महोत्सव शुभारम्भ,गैडातालको जलपर्यटन बिकासमा जोड

खबरपथ संवाददाता
१ फाल्गुन २०७६, बिहीबार २२:०९

लुम्बिनी । रुपन्देहीको गैडहवा गाँउपालिका वडा नं. ४ जिल्लाकै सबै भन्दा ठूलो गैडाताल स्थित बिहीवार देखि प्रथम गैडहवा महोत्सव शुभारम्भ भएको छ ।
पानसमा द्वीप प्रजवलन गरि महोत्सव उदघाटन गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकरपोखरेलले गैडहवा महोत्सवले बुद्धजन्म स्थल लुम्बिनीमा आएका पर्यटकहरुलाई भित्रयाई जलपर्यटनको प्रमुख गंतब्य स्थलकै रुपमा बिकास गर्न टेवा पुरयाउने बताए ।


उनले बुद्धजन्म स्थल लुम्बिनीकै काँखमा रहेको बिशाल जलपर्यंटनको आधार गैडाताललाई बस्ती बसाल्ने नाममा साँगुरो नपारी अझै फराकिलो बनाउने तिर बिशेष चासो देखाउनु पर्ने बताए ।
गैडाताल सँगै समस्त गैडहवाबासीको सम्बृद्धि जोडिएको हुदा सागुरो पारेमा स्थानीयकै भबिष्य अन्धकार गैडाताल जलपर्यटन उद्योग मार्फत स्थानीय जनताको जीवनशैली उकासिनु पर्ने मुख्यमन्त्री पोखरेलले बताए ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्य भरतकुमार शाहले गैडाताल जलपर्यटन प्रर्बद्धनका लागि लुम्बिनी देखि गैडाताल सम्म सडक सञ्जालको स्तरोउन्नती गरि धूलो मुक्त बनाई पर्यटक भित्रयाउने वातावरण सिर्जना गर्न आवश्यक रहेको प्रतिबद्धता जनाए ।

सो अवसरमा राष्ट्रियसभा सचेतक खिमलाल भट्टराई बिधायक द्वय भूमिश्वर ढकाल,फकरुद्दीन मुसलमान, सन्तोष पाण्डेय, गैडहवा गाँउालिका अध्यक्ष बच्चुलाल केवट, उपाध्यक्ष शुभावती यादव कंचन गाँउपालिका अध्यक्ष गोर्कण क्षेत्री लागायतले महोत्सव शुभकामना मक्तब्य ब्यक्त गरेका थिए । महोत्सव १० दिन सम्म चल्नुका साथै बिभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना समेत हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*