कोरोना भाइरसबारे सचेतना कार्यक्रम सम्पन्न

एक अर्काबिच हात नमिलाउने नमस्कार मात्र गर्ने निर्णय
नरेश चौधरी
२३ फाल्गुन २०७६, शुक्रबार १५:१८

सैनामैना । रुपन्देहीको सियारी गाउँपालिकामा नोवेल कोराना भाइरसका बारेमा सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रम अन्तर्गत गाउँपालिका, वडा कार्यलय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, विभिन्न टोलहरुमा ब्यानर टाँस्ने कार्यक्रम गरिएको हो ।

चीनबाट सुरुभएको नोबेल कोरोना भईरस अहिले विश्वका धरै देशहरुमा फैलिसकेको छ । विशेष गरि हच्छ्यु गर्दा, श्वासप्रश्वास तथा हात मिलाउदा संक्रमित ब्यक्तिबाट एक अपासमा रोग सर्न सक्ने हुंदा गाउँपालिकामा अब देखि हात नमिलाउने र नमस्कार मात्र गर्ने निर्णय समेत गरिएको छ ।

सचेताना कार्यक्रमलाई अगामी दिनमा पनि निरन्तरता दिईने गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जानकारी दिनु भयो । नोबेल कोरोना भाईरबाट सतर्कता अपनाउन समेत गाउँबासिलाई उहाँले अनुरोध गर्नु भयो । भरपर्दाे मिडियाका समाचार सुन्न तथा पढ्ना उहाँले अनुरोध गर्नु भयो । साथै अनावश्य भ्रमको पछि नलाग्न समेत उहाँले सबैलाई अग्रह गर्नु भयो ।

भाइरसविरुद्ध विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै नेपालले पनि सजगता अपनाएको छ । सो सचेतना कार्यक्रम अन्तरगत ब्यानर टाँस्ने तथा सचेतना मुलक कार्यक्रम गरिएको सियारी गाउँपालिका उपाध्यक्ष अमृताङ्गले बताउनु भयो ।

कोरोना भाइरसबाट बच्ने र रोग लाग्नुभन्दा नलाग्न कसरी ध्यान दिने भन्ने बारेमा नागरिक स्तरमा सचेतना कार्यक्रम गरीएको सियारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मिन प्रसाद भट्टाराईले जानकारी दिनु भयो । कोरोना भाइरस एक सरुवा रोग भएकोले यसबाट बच्न स्वयं सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

यस रोगको लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुनेलगायतका हुने भएकाले यस्तो अवस्थामा घरमै नबसीनजिको स्वास्थ्य संस्थामा गई जाँचाउन तथा उपचार गर्न स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले अनुरोध गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*