बैशाख १५ सम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्को निर्णय

खबरपथ संवाददाता
२ बैशाख २०७७, मंगलवार १५:४९

काठमाडौं । सरकारले जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्‍ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठककले लकडाउनलाई बैशाख १५ सम्म थप्‍ने निर्णय गरेको हो । यसैगरी बैठकले बैशाख १८ गते सम्मका लागि सीमानाका बन्द नै राख्‍ने निर्णय गरेको छ। सरकारले यसअघि नै बैशाख १८ सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ।
विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता को लागी लकडाउनको घोषणा गरेको थियो । त्यस पछि दुई पटक थपिएको लकडाउनको समय बैशाख ३ गते बुधबार सकिन लागेको अवस्थामा १२ दिन थपिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*