दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय
काठमाण्डौं । सरकारले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिसद बैठकले बैशाख ८ गते जारी गरेको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
सरकारले गत बैशाख ८ गते बसेको मन्त्रिपरिसद बैठकबसी राजनैतिक दल सम्बन्धी बिधेकमा पार्टी फुटाउन केन्द्रिय समिति वा संसदिय दलमा ४० प्रतिशत भए पुुग्ने र संबैधानिक परिसद सम्बन्धी अध्यादेशमा प्रतिपक्षि दलको नेता बिना संबैधानिक परिषदले निर्णय गर्न सक्ने ब्यवस्था गरेको थियो ।
सरकारले पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर अस्थिरता निम्त्याउन खोजेको भन्दै अध्यादेशको चौतर्फी आलोचना भएको थियो ।






















