नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि
खबरपथ संवाददाता
४ जेष्ठ २०७७, आईतवार १७:४७
काठमाडौं । नेपालमा कोरोना भाइरस बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।






















