आज अभिनेत्री श्वेता खड्काको विवाह
काठमाण्डौं । आज अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिदैछिन्। धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।
उनीहरूको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह हुँदैछ।
कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।
विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।






















